बिषालु च्याउले लिन्छ ज्यान | Khabarhub Khabarhub

बिषालु च्याउले लिन्छ ज्यान


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनहुँजसो जंगली च्याउ खाएर बिरामी वा मृत्यु भएको समाचार आउने गरेका छन्। तथापी मानिसहरु च्याउ खाँदा सर्तक हुदैनन् । जसको कारण ठुलो जोखिम निम्तन सम्भावना हुन्छ ।

जंगलबाट ल्याएको अधिकाशं च्याउ विषालु हुनसक्छ । यसको सेवनले कलेजो, मृगौला, मस्तिष्क, मुटु, आँखा, मांसपेसी, फोक्सो लगायतमा असर पर्छ । अनि सेवनकर्ताको मृत्यु समेत हुन सक्छ ।

विषालु च्याउको सेवनले सुरुमा जिब्रो सुन्निने, र्‍याल आउने, रिँगटा लाग्ने, बान्ता आउने, टाउको दुख्ने र पखाला लाग्ने जस्तो लक्षण देखिन्छ । विस्तारै कब्जियत हुने, शरीरको तापक्रम बढ्ने, ओठ सुक्ने, मुटुको चाल बढ्ने, आँखाको नानी फैलिने जस्ता लक्षण पाइन्छ ।

विषालु च्याउको सेवनका कारण बिस्तारै कलेजोले काम गर्न छोड्छ, मृगौलालाई समेत क्षतिग्रस्त पार्छ र तत्काल उपचार नभए उपचार नपाए मृत्युसम्म हुनसक्छ । कम विषालु च्याउको सेवनले एकदेखि दुई साताभित्र मृत्यु हुन सक्छ भने उच्च विषालु च्याउले एक घण्टाभित्रै ज्यान लिन सक्छ ।

यस्तोमा बान्ता आउने, टाउको दुख्ने र पखाला लाग्ने जस्तो लक्षण देखिए लगत्तै तत्काल उपचार गर्नु पर्दछ । विषालु च्याउले स्नायुमा समेत असर गर्छ । त्यसैले समयमै कलेजो र मृगौलाको उपचार गरे बाँच्ने सम्भावना हुन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ०१ बजे

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा नाकाबाट एक अर्ब

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर