गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि « Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो ।

शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । प्रतियोगिताका संयोजक एवं वडाध्यक्ष दीर्घबहादुर थापाले प्रतियोगितामा सहभागिताका लागि प्रदेशका ८५ वटै पालिकालाई आमन्त्रण गरिएको जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब रु २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु दश हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच/पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

नगरप्रमुख किसान गुरुङले दक्ष र अनुशासित नागरिक उत्पादनका लागि खेलको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीय तहमा निर्वाचित भएको लामो समयपछि पहिलो पटक पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले भने, “खेलकूदले मानिसलाई स्वस्थ र अनुशासित बन्न त सहयोग पुग्छ नै साथै देशका लागि पनि दक्ष जनशक्ति उत्पादन गर्न मद्दत मिल्छ ।”

उपप्रमुख सविता रसाइलीले युवाशक्तिलाई विकृति र विसङ्गतिबाट मुक्त गराउन खेलको भूमिका रहने बताइन । नगरपालिकाको आयोजनामा केही समय अगाडी मात्रै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता समेत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : १५ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको