भक्तपुरमा ग्यास सिलिण्डर पड्केर ६ घाइते « Khabarhub

भक्तपुरमा ग्यास सिलिण्डर पड्केर ६ घाइते


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो ।

आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौँ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिए ।

त्यस्तै खाजा खान आएका घाइतेमध्ये झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापाको मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि बर्न सेन्टरमै पठाइएको उनले जानकारी दिए ।

आगलागीबाट पसलमा रहेका दुई थान फ्रिज, झ्याल, ढोका र भाँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ३२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका