सहमित कार्यान्वयनका लागि विप्लवले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण « Khabarhub

सहमित कार्यान्वयनका लागि विप्लवले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकारसँग भएको सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले जानकारी दिए । गत फागुन २० गते विप्लव समूह र सरकारबीच भएको सहमति अनुसार विप्लवले आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न ढिला भएको बताएका चलाउनेले बताए ।

नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता तथा कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने तीन बुँदे सहमति भएको थियो ।

जवाफमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएको चलाउनेले बताए । सरकारसँगको सहमितपछि फागुन २१ गते विप्लव समूह भूमिगत जीवनबाट बाहिर आएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ४८ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा