४० वर्ष जेलमा बसेका दुर्गाप्रसादले क्षतिपूर्ति पाउन सक्ने | Khabarhub Khabarhub

४० वर्ष जेलमा बसेका दुर्गाप्रसादले क्षतिपूर्ति पाउन सक्ने


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय जेलबाट ४० वर्षपछि रिहा भएका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई क्षतिपूर्ति दिने विषयमा विचार गर्नु उपयुक्त हुने कोलकाता उच्च अदालतले आदेश दिएको छ ।

इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कोलकाताको उच्च अदालतले उनको परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको उनका वकिल हिरक सिन्हाले जानकारी दिए ।

शनिबार कारागारमुक्त भएका तिम्सिना हिजो (आइतबार) इलामस्थित आफ्नो घर पुगिसकेका छन् ।

अदालतको दस्तावेजनमा उनलाई दीपक जोशी भनिएको छ । उच्च अदालतका मुख्य न्यायाधीशसहितको दुई सदस्यीय इजलासले सोमबार जारी गरेको आदेशमा दीपकको परिवार विपन्न भएको तथा उनी पक्राउ र जेल परेपछि परिवारले सामाजिक चुनौती खेप्नु परेको आफूलाई बताइएको उल्लेख छ ।

‘झन्डै ४१ वर्ष बिना सुनुवाइ अन्य आवश्यक प्रक्रिया अवलम्बन नगरी थुनामा परेकाले उनलाई क्षतिपूर्ति दिने आदेश राज्यलाई दिएर सहयोग गर्नुपर्छ भन्ने हामीलाई लागेको छ ।’ आदेशमा भनिएको छ, ‘यस विषयमा राज्यलाई क्षतिपूर्तिबारे आदेश दिनु उपयुक्त हुन्छ कि भनेर विचार गर्नु उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ ।’

चार पृष्ठको आदेशमा पश्चिम बंगाल राज्यका प्रमुख न्यायाधिवक्तालाई यो विषयमा जानकारी गराउँदै अदालतले सरकारले उपयुक्त प्रतिक्रिया जनाउने विश्वास व्यक्त गरेको छ ।

यस्तै, अदालतले पश्चिम बंगाल राज्यभरिका विभिन्न जेलमा रहेका मानसिक रोगीको अवस्थाबारे दुई दिनभित्र अदालतलाई जानकारी गराउन निर्देशनसमेत दिएको छ । दुर्गाप्रसाद सन् १९८० मा भारतको दार्जिलिङबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ३२ बजे

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप

देशभर ५९ प्रतिशत रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौं– देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस

पानी नपर्दा सुक्यो धानको रोपो

सुनसरी– समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास