नेपालमा थप १५० कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज « Khabarhub

नेपालमा थप १५० कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ७२ हजार २० जनाले कोरोना जितेका छन् ।

हाल एक हजार १७ जना आइशालेशन र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ४० हजार ९९८ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ३५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले