मुटु रोग सम्बन्धी उपचारमा मेडिसिटी र विराट मेडिकल कलेजबीच सम्झौता « Khabarhub

मुटु रोग सम्बन्धी उपचारमा मेडिसिटी र विराट मेडिकल कलेजबीच सम्झौता


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मेडिसिटी अस्पतालले मुटुको विशिष्ट उपचार सेवा विराटनगरमा उपलब्ध गराउने भएको छ ।

अस्पतालले आगामी बैशाख १ गतेदेखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार सेवा विराट मेडिकल कलेजको सहकार्यमा प्रदान गर्ने जानकारी दिएको हो ।

एन्जियोग्राफ्री, एन्जियोप्लाष्टि लगायत क्याथल्याबमार्फत गरीने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले विराटनगर लगायत पूर्वाञ्चल भरीकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने अस्पतालले विश्वास लिइएको छ ।

मुटु रोगको उपचारका विषयमा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित विराट मेडिकल कलेजले सोमबारसम्झौता गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले सम्झाता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल मेडिसिटी अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन डा. नीलमणी उपाध्यायले यो सम्झौता ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

विशेषज्ञ चिकित्सकको खोजीमा बिरामीहरुले काठमाण्डौंसम्म पुग्न लामो तथा कष्टकर यात्रा गर्नुपरेको अवस्थामा यसले गुणस्तरीय उपचार सेवा अब बिरामीको घरदैलोमै प्राप्त हुने उनले बताए ।

बिराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीका अनुसार यस सम्झौता पश्चात बिराट मेडिकल कलेजको मुटरोग विभागको सञ्चालन नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले गर्नेछन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : १२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल