नक्कली नोटको कारोबार गर्ने चार जना पक्राउ | Khabarhub Khabarhub

नक्कली नोटको कारोबार गर्ने चार जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – संगठित रुपमा नक्कली नोटको कारोबार गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ बस्ने २९ वर्षीय देवेन्द्र राई, १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १३ बस्ने २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवार पक्राउ परेका हुन् ।

एक हजार रुपैयाँको ७८ थान नक्कली नोट, नक्कली नोट छाप्ने तीन थान प्रिन्टर, दुई थान ल्यापटप र एफोर साइजको पेपरसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानअनुसार संगठित रुपमा नक्कली नोटको कारोबार भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।

उनले भने, ‘संगठित अपराधअन्तर्गत चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

मुलुकी अपराधसंहित २०७४ अनुसार नक्कली नोट बनाउने वा त्यस्तो उद्योग गर्नेलाई ५ वर्षदेखि १० बर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यस्तो अपराध संगठित रूपमा भएको पुष्टि भएमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था छ ।

भरतपुर महानगरपालिका वडा नं १ नारायणगढ बसपार्क क्षेत्रमा केही व्यक्तिले नक्कली नेपाली नोट दिई सामान खरिद गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चैत ६ गते राति साढे ८ बजे दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले नेपाली एक हजार रुपैयाँको ७८ थान नोटसहित देवेन्द्र राई र पवन राईलाई पक्राउ गरेको हो ।

अनुसन्धानलाई अगाडि बढाउँदै लैजाँदा नक्कली नोटको कारोबारमा विश्वराम राई र राजाराम दनुवारको समेत संलग्नता भेटिएको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ०४ बजे

फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

मनिला– यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स

गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार

गण्डकी– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

काठमाडौं– आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी

म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष

हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान्