चिनियाँ राजदूत फेरि सक्रिय, प्रचण्ड र नेपालसँग भेट « Khabarhub

चिनियाँ राजदूत फेरि सक्रिय, प्रचण्ड र नेपालसँग भेट


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।

सोमबार प्रचण्ड निवास खुमलटारमा राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेकी हुन् ।

एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष दाहालसँग राजदूत यान्छीले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्लो राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् ।

राजदूत यान्छीले दुवै नेताहरुसँगको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी गर्नुका साथै कम्युनिष्ट सरकारलाई नै निरन्तरता दिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पुनः कम्युनिस्ट नेताहरुसँग भेटवार्तालाई सक्रियता दिन थालेकी छिन् ।

यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदा राजदूत यान्छीले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएकी थिइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : २४ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले