प्रधानमन्त्री ओलीलाई हटाएर देखाउन मन्त्री श्रेष्ठको चुनौती « Khabarhub

प्रधानमन्त्री ओलीलाई हटाएर देखाउन मन्त्री श्रेष्ठको चुनौती


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौती दिएका छन् ।

ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउन चुनौती दिएका हुन् ।

उनले भने, ‘म चुनौती दिन चाहान्छु, अविश्वासको प्रस्ताव पास गरी प्रधानमन्त्रीलाई हटाएर देखाउनुस् ।’

उनले अहिलेको अवस्थामा त्यो सम्भव नहुने जिकिर गरे । यो सबै भन्दा ‘पावरफूल’ सरकार भएकाले यसकालाई कसैले हटाउन नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’

पार्टीको विधान विपपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको बताए ।

उनले भने, ‘एमाले भएर पार्टी अध्यक्ष माथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टिकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भए अनुसार अघि बढाइनेछ ।’

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबहादुर चन्द (विप्लव) र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको चर्चा समेत गरेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको उल्लेख गर्दै बुहारी एवं तत्कालीन खानेपानी मन्त्री बीना मगरको कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गरे ।

ओली सरकारले एक वर्ष अघि नै पानी ल्याउने तयारी गरिसकेको थियो । त्यसबेला खानेपानी मन्त्रीकै कारण रोकिएको उनले दाबी बताए ।

उनले भने, ‘अब ढुक्क हुनुहोस् मेलम्चीको पानी उपत्यका छिरिसकेको छ, केही दिनमै घरघरमा आउँछ ।’

कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्र नमुना क्षेत्र भएको बताउदै अझै थप योजना सहितको काम गर्न बाँकी रहेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ०५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले