बाघको छालासहित चार जना पक्राउ « Khabarhub

बाघको छालासहित चार जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।

बैजनाथ गाउपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा बाघको छाला र हड्डीको कारोबार भइरहेको अस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका– ११ का ५० वर्षीय गंग बहादुर खत्री, सोही गाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका–४ का ३८ वर्षीय जयलाल नेपाली छन्।

प्रहरीले चेकजाँचका क्रममा चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

उनीहरूले बोकेको झोलामा पाटे बाघको छाला एक र गंग बहादुरको हातमा रहेको प्लाष्टिकको बोरामा बाघको जस्तो देखिने हड्डी साढे दुई किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ४५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले