आवश्यकता परे कांग्रेस वैकल्पिक सरकार गठनका लागि तयार छ : नेता लेखक (भिडियोसहित) | Khabarhub Khabarhub

आवश्यकता परे कांग्रेस वैकल्पिक सरकार गठनका लागि तयार छ : नेता लेखक (भिडियोसहित)


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको विकल्प दिन कांग्रेस तयार रहेको भएपनि अहिले परिस्थिति परिपक्व नबनिसकेको बताएका छन् ।

क्रियशील सदस्यता वितरणका विषयमा छलफल गर्न कांग्रेस पार्टी कार्यालयमा बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि नेता लेखकले कांग्रेस वैकल्पिक सरकार गठन गर्न तयार रहेको बताए ।

उनले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने परिस्थिति सुनिश्चित नभएको र त्यस्तो अवस्था नबन्दासम्म कुनैपनि निर्णय नहुने बताए ।

उनले भने,‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता पर्‍यो भने दिन्छौं भनेकै छौं । अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन ।’

हेरौँ भिडियो

सरकार बनाउनका लागि परिस्थति परिपक्व हुनुपर्ने भन्दै उनले भने, ‘सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ ।’

बैठकमा क्रियाशील सदस्यका बारेमा छलफल केन्द्रित भएको उनले जानकारी दिए । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक समेत रहेका नेता लेखकले अहिलेसम्म ९ वटा जिल्लाले सदस्यताको विवरण पार्टी कार्यालयमा नपठाएको समेत जानकारी गराए ।

सप्तरी, सिराहा, धनुषा, बारा, रसुवा, वर्दिया, बाँके, रुकूम पूर्व र डोल्पाबाट अहिलेसम्म क्रियाशील सदस्यको विवरण नपठाएको उनले बताए ।

१० लाख क्रियाशील सदस्य बनाउने घोषणा गरेको कांग्रेसमा अहिलेसम्म झण्डै ४ लाख मात्रै विवरण आएको उनले बताए ।

उनले भने,‘ अहिलेसम्म ३ लाख ९२ हजार ७ सय ९४ जनाको विवरण आएको छ । २ लाख १२ हजार ५१९ जनताको नवीकरण र १ लाख ८० हजार २ सय ७५ जना नयाँ सदस्यको विवरण आएको छ ।’

कांग्रेसले चैत १० गतेभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण पठाउन निर्देशन दिएको थियो ।

उनले भने,‘ क्रियाशिल सदस्यता छानविन समिति गठन गर्ने बेलामै तोकिएको मितिमा विवरण नपठाउने जिल्ला महाविधेशनम भाग लिन नपाउने निर्णय भएको थियो । तर अहिले के गर्ने भन्ने निर्णय भइसकेको छैन ।’

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ०९ बजे

सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षकहरुसँग भएको सहमतिप्रति राज्य पक्ष जिम्मेवार

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक