खेतमै पुगेर प्रदेश प्रमुख डा. झाले गरे किसानहरुलाई सम्मान (फोटो फिचर) « Khabarhub

खेतमै पुगेर प्रदेश प्रमुख डा. झाले गरे किसानहरुलाई सम्मान (फोटो फिचर)


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले सिरहको गोलबजारका किसानहरुलाई खेलबारीमै पुगेर सम्मान गरेका छन् ।

किसानको कर्ममा खुशी व्यक्त गर्दै उनले उनीहरुलाई कृषि पेशातर्फ थप उर्जा प्रदान गर्न खेतमै पुगेर सम्मान गरेका हुन् ।

गोलबजार नगरपालिका वडा नं- २ को गुरुधाम गाउँमा व्यावसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहेका एक दर्जन भन्दा बढी किसानलाई गम्छा तथा खादा ओढाएर उनले सम्मान गरे ।

सो क्षेत्रमा किसानहरुले करिब ४ सय विघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन् ।

प्रदेश प्रमुखले खेतबारीमा पुगेर सम्मान गरेपछि किसान उत्साहित बनेका छन् । किसानहरुले कृषि कर्मका क्रममा आफूहरुले भोग्दै आएका समस्याका विषयमा समेत प्रदेश प्रमुख झालाई जानकारी गराएका छन् ।

हेरौँ तस्वीरहरु

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ५४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु