खेतमै पुगेर प्रदेश प्रमुख डा. झाले गरे किसानहरुलाई सम्मान (फोटो फिचर) « Khabarhub

खेतमै पुगेर प्रदेश प्रमुख डा. झाले गरे किसानहरुलाई सम्मान (फोटो फिचर)


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले सिरहको गोलबजारका किसानहरुलाई खेलबारीमै पुगेर सम्मान गरेका छन् ।

किसानको कर्ममा खुशी व्यक्त गर्दै उनले उनीहरुलाई कृषि पेशातर्फ थप उर्जा प्रदान गर्न खेतमै पुगेर सम्मान गरेका हुन् ।

गोलबजार नगरपालिका वडा नं- २ को गुरुधाम गाउँमा व्यावसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहेका एक दर्जन भन्दा बढी किसानलाई गम्छा तथा खादा ओढाएर उनले सम्मान गरे ।

सो क्षेत्रमा किसानहरुले करिब ४ सय विघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन् ।

प्रदेश प्रमुखले खेतबारीमा पुगेर सम्मान गरेपछि किसान उत्साहित बनेका छन् । किसानहरुले कृषि कर्मका क्रममा आफूहरुले भोग्दै आएका समस्याका विषयमा समेत प्रदेश प्रमुख झालाई जानकारी गराएका छन् ।

हेरौँ तस्वीरहरु

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ५४ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले