प्रदेश प्रमुख झासमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश « Khabarhub

प्रदेश प्रमुख झासमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन् ।

सोमबार आयोगका अध्यक्ष अन्सारीले प्रदेश प्रमुख झासँग भेटघाट गर्दै आयोगको वार्षिक प्रतिवेदन बुझाएका हुन् । भेटघाटका क्रममा प्रदेश प्रमुख झा र आयोगका अध्यक्ष अन्सारीबीच आयोगको गतिविधि तथा मुस्लिम समुदायका आर्थिक, सामाजिक, शैक्षिकलगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रदेश प्रमुख झाले मुस्लिम समुदायको मदरसा तथा शैक्षिक अवस्थाको विषयमा राखेको जिज्ञसामा आयोगका अध्यक्ष अन्सारीले अहिलेसम्म मदरसाहरूको अवस्था दयनीय रहेको र त्यसको सुधारका लागि आयोगले प्रयास गरिरहेको बताए ।

प्रदेश २ सरकारले ल्याउन लागेको मदरसा शिक्षा बोर्डले मदरसा शिक्षालाई पनि राष्ट्रिय शिक्षाको मूलधारमा समावेश गर्न सकिने उल्लेख गर्दै अध्यक्ष अन्सारीले लामो समयदेखि प्रदेश सभामा रहेको मदरसा शिक्षा बोर्डसम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्ने बताए ।

वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख झाले मुस्लिम समुदायको समस्या मुस्लिम समुदायले मात्रै उठाएर समाधान हुन नसक्ने भन्दै सबै वर्ग, समुदाय, जातजातिले एक–अर्काको समस्या उठाउनुपर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : ०५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले