आईपीएलमा सनराइजर्सको पहिलो जित « Khabarhub

आईपीएलमा सनराइजर्सको पहिलो जित


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ ।

बुधबार भएको खेलमा सनराइजर्सले किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

१ सय २१ रनको सामान्य लक्ष्य सनराईजर्सले ८ बल अगावै मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

सनराइजर्सको जितमा जोनी बेयरस्ट्रोले ६३ रनको अविजित ईनिङ्स खेले । डेविड वार्नरले ३७ रन बनाए ।

यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनायो ।

पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले समान २२/२२ रन जोडे । क्रिस गेलले १५ रन जोड्दा मोइसेस हेन्रिक्सले १४ रन बनाए । दिपक होडा १३ रनमा आउट भए ।

पन्जाबलाई सस्तैमा रोक्न हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । अविशेक शर्माले २ विकेट लिएका थिए ।

जितसँगै सनराइजर्स ४ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पञ्जाब समान अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : १० बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम