आईपीएलमा सनराइजर्सको पहिलो जित « Khabarhub

आईपीएलमा सनराइजर्सको पहिलो जित


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ ।

बुधबार भएको खेलमा सनराइजर्सले किंग्स इलेभेन पञ्जाबलाई ९ विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

१ सय २१ रनको सामान्य लक्ष्य सनराईजर्सले ८ बल अगावै मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

सनराइजर्सको जितमा जोनी बेयरस्ट्रोले ६३ रनको अविजित ईनिङ्स खेले । डेविड वार्नरले ३७ रन बनाए ।

यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनायो ।

पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले समान २२/२२ रन जोडे । क्रिस गेलले १५ रन जोड्दा मोइसेस हेन्रिक्सले १४ रन बनाए । दिपक होडा १३ रनमा आउट भए ।

पन्जाबलाई सस्तैमा रोक्न हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । अविशेक शर्माले २ विकेट लिएका थिए ।

जितसँगै सनराइजर्स ४ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पञ्जाब समान अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : १० बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको