एक प्रेरक प्रसङ्ग ‘पहिलो अवसर’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘पहिलो अवसर’


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्त एकनाथ हरेक दिन गङ्गामा स्नान गर्न जान्थे । एक दिन उनी स्नान गरेर फर्किंदै थिए, बाटोमा एकजनाले उनमाथि थुकिदियो । केही नबोली एकनाथ पुनः नुहाउन गए ।

फर्किंदै गर्दा फेरि त्यस व्यक्तिले थुकिदियो । एकनाथ फेरि गङ्गातिर गए र स्नान गरेर आफूलाई स्वच्छ बनाए । एक्काइस पटक यस्तो भयो तर एकनाथ रिसाएनन् । उनी शान्त भइरहे ।

अन्त्यमा त्यो व्यक्तिले सन्त एकनाथको अगाडि झुकेर भन्यो— महाराज ! मैले तपाईंलाई यस्तो नराम्रो व्यवहार गर्दा पनि तपाईंले शान्ति र क्षमाको पराकाष्ठा देखाउनुभयो ।’

एकनाथले भने— मैले कुनै विशेष काम गरेको होइन । तिमीजस्तो सहायक र उपकारी त कहिलेकाहीँ मात्र पाइन्छ । तिम्रो कृपाले आज मैले २१ पटक गङ्गामा स्नान गर्ने मौका पाएँ । मेरो जीवनमा यो पहिलो अवसर हो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : २६ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको