एक प्रेरक प्रसङ्ग ‘पहिलो अवसर’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘पहिलो अवसर’


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्त एकनाथ हरेक दिन गङ्गामा स्नान गर्न जान्थे । एक दिन उनी स्नान गरेर फर्किंदै थिए, बाटोमा एकजनाले उनमाथि थुकिदियो । केही नबोली एकनाथ पुनः नुहाउन गए ।

फर्किंदै गर्दा फेरि त्यस व्यक्तिले थुकिदियो । एकनाथ फेरि गङ्गातिर गए र स्नान गरेर आफूलाई स्वच्छ बनाए । एक्काइस पटक यस्तो भयो तर एकनाथ रिसाएनन् । उनी शान्त भइरहे ।

अन्त्यमा त्यो व्यक्तिले सन्त एकनाथको अगाडि झुकेर भन्यो— महाराज ! मैले तपाईंलाई यस्तो नराम्रो व्यवहार गर्दा पनि तपाईंले शान्ति र क्षमाको पराकाष्ठा देखाउनुभयो ।’

एकनाथले भने— मैले कुनै विशेष काम गरेको होइन । तिमीजस्तो सहायक र उपकारी त कहिलेकाहीँ मात्र पाइन्छ । तिम्रो कृपाले आज मैले २१ पटक गङ्गामा स्नान गर्ने मौका पाएँ । मेरो जीवनमा यो पहिलो अवसर हो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : २६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को