गुटगत गतिविधि कुनै हालतमा मान्य हुँदैन : ओली « Khabarhub

गुटगत गतिविधि कुनै हालतमा मान्य हुँदैन : ओली


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै ओलीले पार्टीभित्र हुने गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए । उनले पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने बताए । उनले अनुशासित भएर पार्टीमा काम गर्न खनाल नेपाल समूहलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् । उनले नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिए ।

पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला–एक्लै छलफल गर्दै आइएका छन् । हिजोमात्रै उनले माधव नेपाल र योगेश भट्टराईसँग छलफल गरेका थिए।

यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीवार नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् । बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो ।

बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १२ : १९ बजे

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको

ललितपुर महानगरपालिकाले गर्‍यो वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरू)

ललितपुर– ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान ‘को शुभारम्भ गरेको छ ।

संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन

काठमाडौं– म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले संसद्लाई स्कुलको संज्ञा

पश्चिम एशियामा युद्ध चर्किँदा विश्व चिन्तित

काठमाडौं- पश्चिम एशियामा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण,

गृहमन्त्री गुरुङले गरे पशुपति मन्दिरमा दर्शन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका