गुटगत गतिविधि कुनै हालतमा मान्य हुँदैन : ओली | Khabarhub Khabarhub

गुटगत गतिविधि कुनै हालतमा मान्य हुँदैन : ओली


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै ओलीले पार्टीभित्र हुने गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताए । उनले पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने बताए । उनले अनुशासित भएर पार्टीमा काम गर्न खनाल नेपाल समूहलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् । उनले नेताहरूलाई सम्झाउने/बुझाउने प्रयास गरिरहेको भन्दै त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिए ।

पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला–एक्लै छलफल गर्दै आइएका छन् । हिजोमात्रै उनले माधव नेपाल र योगेश भट्टराईसँग छलफल गरेका थिए।

यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीवार नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् । बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो ।

बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १२ : १९ बजे

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन