एमालेकै नेतृत्वमा मुलुक अघि बढ्छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

एमालेकै नेतृत्वमा मुलुक अघि बढ्छ : प्रधानमन्त्री ओली

कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने असफल


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टीविरुद्ध गतिविधि गरिरहेका नेताहरूलाई सङ्केत गर्दै अहिलेसम्मको गल्ती महसुस गरेर पार्टीमा फर्किए काम गर्ने अवसर दिइने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आज बिहान बल्खुस्थित मदननगरमा नेकपा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै हिँड्नेहरूलाई आफूहरूले कुनै कारबाही नगरेको र पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई सम्झाइ बुझाइ गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको बताए ।

सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन व्यक्तिगत रुपमा नेताहरूसँग छलफल भइरहेको जानकारी दिँदै उनले पार्टीविरुद्ध गुट उपगुट चलाउने अनुशासनहीन र अराजकतासँग समूहगतरुपमा कुनै संवाद र सम्झौता नगर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पार्टी कब्जा गर्ने र कम्युनिस्ट आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भइसकेको बताउँदै उनले देशको सामाजिक प्रबन्ध गर्दै मुलुकको नेतृत्व गर्न सक्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।

आफूले देश निर्माणको अभिभारा छोडेर मुलुकलाई अलपत्र नपार्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अगाडि बढाउन अब पनि नेकपा एमालेकै कुशल नेतृत्व रहने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १ : ३१ बजे

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ

ट्याङ्कर चालकसहित चार जना पक्राउ

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ

मर्मतपछि खुल्यो कागबेनी-कोरला सडक

मुस्ताङ- कोरलानाका जोड्ने कागबेनी–चैले सडक आइतबार (कात्तिक १६)देखि सञ्चालनमा आएको