बाँकेमा आजदेखि एकसाता लकडाउन « Khabarhub

बाँकेमा आजदेखि एकसाता लकडाउन


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आजबाट लागु हुनेगरी एक साताका लागि लकडाउन गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउनका कारण बजार सुनसान बनेको छ । सडकमा मानिसहरुको उपस्थिति छैन । अत्यावश्यक सेवा बाहेक अरु सबै बन्द गरिएको छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरू एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाइ सेवा भने निर्वाध सञ्चालनमा छन् ।

यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दूरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरू, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत वर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ३ : १५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक