पार्टी एकता र कम्युनिस्ट आन्दोलन जोगाउन अपील | Khabarhub Khabarhub

पार्टी एकता र कम्युनिस्ट आन्दोलन जोगाउन अपील


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले पार्टी एकता र कम्युनिस्ट आन्दोलन जोगाउन अपील परेका छन् ।

कम्युनिस्ट पार्टीको ७२ औँ स्थापना दिवसका अवसरमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहित १५ जना नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै त्यस्तो अपील गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले पार्टी एकतालाई भत्काएको र संविधानमाथि आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

त्यस्तै अदालतले पार्टी नेकपा एकतालाई भंग गरेसँगै बाँकी रहेको एमालेको एकतालाई समेत भत्काउन ओली लागेको नेपाल-खनाल पक्षले आरोप लगाएको छ ।

अपीलमा भनिएको छ, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका एक वर्षमा हामीमाथि एकपछि अर्को सङ्कट आइपरेका व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले आफैले निर्माण गरेको संविधानमाथि आक्रमण गरेर संसद विघटन गर्नु भयो, पार्टी एकतालाई भत्काउनु भयो र संसदको बहुमत गुमाउनु भयो । र, अदालतले न्यायिक दायरा नाघेर गरेको राजनीतिक निर्णयले एकिकृत पार्टीलाई विभाजन गरेपछि बाँकि रहेको नेकपा एमालेलाई समेत विभाजन गर्न र कम्यनिष्ट आन्दोलनलाई विसर्जन गर्न पार्टी अध्यक्ष स्वयं नै सुनियोजितरुपले अगाडि बढिरहनु भएको छ । राजनीतिक घटना र कारणलाई हेर्दा नवौँ महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभाषपूर्ण निर्णयको परिणामका रुपमा आज पार्टीले यो दुर्भाग्य ब्यहोर्दैछ भन्ने स्पष्ट ।’

त्यस्तै ओलीले पार्टीलाई विभाजनको दिशामा लगेको आरोप लगाउँदै त्यसले कम्युनिस्ट आन्दोलनलाई नै विसर्जनको दिशामा लगेको आरोप रहेको छ ।

हेर्नुहोस् नेपाल खनाल समूहले गरेको अपील

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ४ : २२ बजे

सिङ्गो पृथ्वी मानव स्वास्थ्यका लागि योग (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको