स्वच्छता व्यवस्था सुधार गर्न कतार एयरवेजमा अत्याधुनिक प्रविधि जडान « Khabarhub

स्वच्छता व्यवस्था सुधार गर्न कतार एयरवेजमा अत्याधुनिक प्रविधि जडान


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्रा भायलेट (यूभी) क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको छ ।

कतार उड्डयन सेवा (क्यूएएस) को स्वामित्व रहेको र उक्त सेवाद्वारा सञ्चालित हनिवेल यूभी क्याबिन सिस्टमको सबैभन्दा नयाँ संस्करण यसको पूर्ववर्तीको तुलनामा थप सहजता वृद्धि गर्न, विश्वसनीयतामा सुधार ल्याउन, गतिशीलता बढाउन र यसको प्रयोगको सहजताका लागि जडान गरिएको एयरवेजले जनाएको छ । बिनामोटर स्वचालित यस उपकरणले कम ब्याट्री खपत गर्ने जनाइएको छ ।

क्लिनिकल परीक्षणहरूमा यूभी लाइटलाई राम्रोसँग प्रयोग गर्दा यसले विभिन्न भाइरस र ब्याक्टेरियाहरू निस्क्रिय पार्ने देखिएको पनि जनाइएको छ ।

हनिवेल यूभी क्याबिन सिस्टम भी २ को पछिल्लो संस्करणको १७ युनिटहरु प्राप्त गरेपछि सबै कतार एयरवेजको विमानमा उक्त उपकरणहरूको व्यापक परीक्षण गरिएको जनाइएको छ । एयरलाइन्सले यस नयाँ उपकरणलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ४९ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए