कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक « Khabarhub

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले कृषकलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।

नेपालको अर्थतन्त्रको अभिन्न अंगका रूपमा रहेका कृषकलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो ।

यसैक्रममा कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रबद्र्धन गर्न मेगा बैंकले ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार मेगा बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा शुरू गर्न लागेको तरकारी तथा फलफूल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ ।

यसका साथै सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेतालाई निःशुल्क क्यूआर कोडको व्यवस्था गरिनेछ भने क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरे ।

केही दिनअघि मात्रै मेगा बैंकले काठमाडौं उपत्यका र आसपासका गोलभेडा उत्पादक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मा समूहसँग सम्झौता गरेको थियो भने जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारसँग आबद्ध तरकारी व्यवसायी र तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरेको थियो ।

नेपालको आधारभूत तहमा रहेका कृषकलाई आधुनिक बैंकिङतर्फ आकर्षित बनाउन सके बैंकिङ सेवाको विस्तारले पनि तीब्रता पाउने मेगा बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १२ : ०१ बजे

काठमाडौंमा बलिउड स्टार सञ्जय दत्त, हलमा छन् उनका दुई फिल्म

काठमाडौं – बलिउड सुपरस्टार नायक सञ्जय दत्त काठमाडौंको दुई दिने

टिप्पणी : गगन–विश्वले कांग्रेसको संकट पार लगाउलान् ?

काठमाडौं- यतिबेला नेपालको राजनीति नेपाली कांग्रेसका महामन्त्रीद्वयले डाकेको विशेष महाधिवेशनमय

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै

डा. नुतनलाई प्रश्न- सुत्केरी र शिशुको फोटो सार्वजनिक गर्न पाइन्छ ?

काठमाडौं- सुत्केरी आमा र नवजात शिशुको फोटो सार्वजनिक गरेपछि वरिष्ठ

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको