महामारीसँग जुधिरहेका जनतालाई मध्यावधि निर्मम उपहार : कांग्रेस प्रवक्ता शर्मा « Khabarhub

महामारीसँग जुधिरहेका जनतालाई मध्यावधि निर्मम उपहार : कांग्रेस प्रवक्ता शर्मा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामारीको चपेटामा रहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि निर्वाचन दिइएको टिप्पणी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै मध्यावधि निर्वाचन घोषणा गरेलगत्तै प्रवक्ता शर्माले ट्वीट गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई इतिहासको भिन्न कोतपर्वको संज्ञा दिएका छन् । उनले प्रधानमन्त्री ओलीको अधिनायकवादको हाइवेको भ्रममा रहेको पनि बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्- ‘महामारीमा मृत्युसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’

प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले लोकतन्त्र र संविधान रक्षा गर्न जनता अघिअघि र कांग्रेस पछिपछि हुने भन्दै चेतावनी दिएका छन् ।

‘तर @PM_Nepalहेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ !’ उनले ट्वीटमा भनेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : १० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी