कथित चुनावको उद्घोष जालझेल हो, डटेर प्रतिवाद गरौँ- नेता नेपाल « Khabarhub

कथित चुनावको उद्घोष जालझेल हो, डटेर प्रतिवाद गरौँ- नेता नेपाल


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद् विघटन गर्दै घोषणा गरिएको चुनाव सर्वसत्तावाद लाद्न गरिएको जालझेल भएकाले त्यसको प्रतिवाद गर्न आह्वान गरेका छन् ।

संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग-२ भएकोले डटेर प्रतिवाद गर्न उनले आग्रह गरेका हुन् । शनिवार बिहान फेसबुकमार्फत आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताए ।

उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ४० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर