काभ्रेभञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किदा तीन जना घाइते « Khabarhub

काभ्रेभञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किदा तीन जना घाइते


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किँदा तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार काभ्रेभञ्ज्याङबाट धुलिखेलतर्फ आउँदै गरेको प्रहरीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बोक्ने बोलेरो गाडी शुक्रबार एक आपसमा ठोक्किदा तीन जना सामान्य घाइते बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भूपेन्द्र बहादुर खत्रीका अनुसार दुर्घटनामा दुबै तर्फ मानवीय क्षति भने हुन पाएन ।

उनका अनुसर तीब्र गतिमा रहेको प्रदेश ०२ ०३००१ च २३९६ नम्बरको बोलेरो गाडीले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्र ३ ०१००२ झ ४८४१ नम्बरको गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा बोलेरो पल्टिएको छ भने प्रहरीको गाडी कुच्चिएको छ । प्रहरीको गाडीमा ४ जना सवार थिए । बोलेरोमा ३ जना सवार थिए । प्रहरीले अहिले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।

तस्वीर : ‘वेलकम टु भक्तपुर’ फेसबुकबाट

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : २५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी