आँखाको दृष्टि क्षमता बढाउने खानेकुरा « Khabarhub

आँखाको दृष्टि क्षमता बढाउने खानेकुरा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

प्रविधिको विकाससँगै मानिसमा प्रकाशयुक्त इलेक्ट्रिक सामग्री चलाउन लत नै लागेको छ ।

जसले मानिसको दृष्टि कमजोर पार्दछ । यस्तोमा भोजन र खानेकुराको माध्यमबाट दृष्टि क्षमता बढाउन सकिन्छ । जसका लागि निम्न खानेकुरा खान सकिन्छ ।

१. गाढा रङका हरिया सागपात

गाढा रङ भएका सागपात जस्तै, सलाद पत्ता, पालुंगो र रायोमा धेरै मात्रामा भिटामिन सी र ई पाइन्छ । यसमा पाइने भिटामिन एले दृष्टिसम्बन्धी दीर्घकालीन रोगबाट जोगाउँछ ।

२. फर्सी

खानामा फर्सी एउटा यस्तो स्रोत हो, जसबाट हामी वर्षैभरि भिटामिन सी, जिंक, भिटामिन ए र ओमेगा–३ फ्याटी एसिड प्राप्त गर्न सक्छौं, जुन दृष्टिका लागि अति आवश्यक पर्दछ ।

३. अण्डा

अण्डामा पाइने पोषक तत्वको पहेँलो–सुन्तला रङले रेटिनालाई हानिकारक नीलो प्रकाशबाट जोगाउँछ । साथै, दृष्टि क्षमता घट्न दिँदैन ।

४. ब्रोकाउली

ब्रोकाउलीमा बिटा क्यारोटिन, भिटामिन सी, ई र के, म्याग्नेसियम, फोस्फरस, पोटासियम र जिंक प्रचूर मात्रामा पाइन्छ ।

५. सूर्यमुखीको बिउ र नट्स (बदाम)

वयस्कले सूर्यमुखीको बिउ वा नट्स (बदाम, काजु, किसमिस आदि) दैनिक एक औंस खाएमा आवश्यक भिटामिन ‘ई’को आधा मात्रा प्राप्त हुने अमेरिकाको औषधि व्यवस्था विभागले उल्लेख गरेको छ । भिटामिन ईले अरु पोषक तत्वसँग मिलेर उमेर बढेसँगै विकास हुने दृष्टि कमजोरीको अवस्था आउन ढिलो पार्ने र रोकथाम गर्दछ ।

६. रातो भेँडे खोर्सानी

रातो भेँडे खोर्सानी भिटामिन सीको राम्रो स्रोत मानिन्छ । भिटामिन सीले आँखाका धमनी स्वस्थ राख्छ र मोतियाविन्दुको जोखिम घटाउँछ ।

७. गेडागुडी र सिमी

उच्च मात्रामा फाइबर तथा स्वस्थकर फ्याट प्राप्त गर्ने सर्वोत्तम स्रोत माछामासुपछि गेडागुडी र सिमी हो । फाइबर र स्वस्थकर फ्याटले अँध्यारोमा दृष्टि तिखो पार्दछ र एएमडीबाट पनि जोगाउँछ ।

८. सखरखण्ड

सखरखण्ड, गाँजर, आँप, आरु लगायत सुन्तला रंगका फलफूल र सागसब्जी आँखाकालागि अत्यन्त फाइदाजनक छन् । यिनमा उच्च मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जुन भिटामिन एमा परिवर्तन हुन्छ र अँध्यारोमा हेर्न आँखालाई चाँडै अभ्यस्त बनाउँछ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ४ : १५ बजे

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान