बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप दिने « Khabarhub

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप दिने


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतले नेपाललाई विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत २० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

नेपालको सबै भन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मित्र मुलुक बेलायतले २० लाख डोज एस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको हो । बेलायतले नेपाललाई अहिले खोपको आवश्यकता परेको भन्दै खोप उपलब्ध गराउन लागेको हो ।

भारतको सिरम कम्पनीले कोभिसिल्ड उपलब्ध नगराएका कारण पहिलो डोज खोप लगाएकाहरूले अर्को डोज लगाउन पाएका छैनन् । यो अवस्थामा पुरानो मित्र मुलुकको सहयोग आफैँमा अर्थपूर्ण छ ।

नेपाललाई खोप उपलब्ध गराउनेबारे त्यहाँको उपल्लो सदनमा बहस भएर निर्णयमा पुगेको हो । यद्यपि यो खोप कुनै कूटनीतिक प्रयास वा त्यहाँ रहेका राजदूतको पहलकदमीमा नभइ बेलायतमा रहेका गोर्खा र काठमाडौँमा रहेका बेलायती राजदूत निकोल पोलिटको सक्रियतामा आउन लागेको हो । दुई दिनअघि पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा जानकारी दिएकी थिइन् ।

यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतको केही हिस्सा सहयोग थियो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : ४३ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६