मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू | Khabarhub Khabarhub

मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू



मुटु तथा रक्तनलीको रोग लागेर विश्वभर प्रत्येक वर्ष १ करोड ७७ लाख मानिसहरूले अकालमा ज्यान गुमाउने गरेका छन् । यो संख्या संसारभर मर्ने मनिसहरूको झण्डै ३१ प्रतिशत हिस्सा हो ।

यति धेरै मानिसहरू प्रत्येक वर्ष मार्ने यो रोगको रोकथाम, नियन्त्रण, उपचार र पुनःस्थापना खरबौ रूपैयाँ खर्च पनि हुने गरेको छ । अप्रत्यासित रूपमा अपरझट हुने र अधिकांशको घटनास्थलमै मृत्यु हुने भएता पनि यो रोगको पछाडी अथेरोस्क्लेरोसिस भनिने रोग जिम्मेवार छ । यसर्थ अथेरोस्क्लेरोसीसको कारक तत्वहरूलाई हटाउन सके यो रोगलाई उल्ट्याउन सकिन्छ।

के हो अथेरो स्क्लेरोसीसः

रक्तनली भित्र बोसो, कोलेस्टेरोल, क्यालसियम र अन्य तत्वहरूको प्लाक बनेर रक्तनली साघुर्‍याउने रोगलाई अथेरोस्क्लेरोसिस भनिन्छ । यसरी नशाभित्रै प्लाक बनेर रक्तनली साघुर्‍याउनुमा मुख्यतः रक्तचिल्लोको गडबढी, खानपान शैली, मधुमेह, उच्च रक्तचाप, तनाव, चिन्ता, धूमपान, मद्यपान, माटोपन, खानामा रेशा एवं चोकरको कमी, एण्टिअक्सिडेण्ट, भीटामिन एवं मिनरल नभएको खाने कुरा र निस्क्रिय जीवन आदि पर्दछन् ।

यो रोग धेरै वटा कारक तत्वहरूका कारणले लाग्ने भएता पनि रोगको ५० प्रतिशत कारक खराव खानपान एवं गलत आहार विहार हो । प्राकृतिक खाने कुराको सेवन, प्रशोधित र परिस्कृत खाने कुराको त्याग र धूम्रपान एवं मद्यपानको त्याग एवं सन्तुलीत भोजन साथै उच्चरक्तचाप, मधुमेह, तनाव आदि रोग मैत्री खानेकुराद्वारा पनि यो रोगलाई धेरै हदसम्म लगाम लगाउन सकिन्छ ।

मुटु रोगी के खाने ?

१. हरियो सागपातः  चम्सुर, पालुङ्गो, लूडे, लट्टे, बेथे, सलादपत्ता, रायो, तोरी, फर्सीको मुन्टा जस्ता हरियो सागपातहरू मुटुरोगका लागि अत्यन्त लाभदायक खानेकुराहरू हुन् । यी सागपातहरूमा उच्च मात्रामा भिटामिन, खनिज तत्व, एण्टि–अक्सिडेण्ट र खाद्य रेशा पाईन्छ । यसैगरी यी खानेकुराहरू भिटामीन के नाईट्रेट्सको पनि महत्वपूर्ण स्रोत हो । भिटामीन के ले रगत जम्ने क्रियालाई नियन्त्रण गर्दछ भने नाईट्रेट्सले रक्तचाप घटाउने, रक्तनलीहरूलाई कडा हुँन नदिने र ईन्डोथेलियमलाई चूस्त राख्ने गर्दछ । धेरै अनुसन्धानहरूले हरियो सागपातको सेवन गर्दा मुटुरोगको जोखिम अत्यन्त न्यून हुने तथ्य उजागर गरेको छ ।

२.एवोकादोः पौष्टिकताको दृष्टिकोणले एवोकादोलाई अत्यन्त पोषक फलफूल मानिन्छ । एवोकादोमा उर्जा, ठूला पोषक तत्व र सूक्ष्म पोषक तत्वहरू आदिको राम्रो संयोजन छ । यो मुटुको स्वास्थ्यका लागि पनि अत्यन्त उपयोगी फल हो । यसमा मुटु स्वस्थ बनाउने मोनो–सेचूरेटेड फ्याट पाईन्छ । मोनो–सेचूरेटेड फ्याटले कोलेस्टेरोल कमगर्ने र प्लाक बन्न नदिने गर्दछ । एवोकादोको सेवनले मुटुलाई हानी गर्ने एलडीएल कोलेस्टेरोल कम गर्ने, मेटाबोलीक सिन्ड्रोम कम गर्ने मुटुको मांशपेशीलाई पनि बलियो बनाउने, रक्तचाप कम गर्ने जस्ता कार्य गर्दछ ।

३. बेरीऐसेलुः ब्ल्याकबेरी, स्ट्रोबेरी, रास्पबेरी (ऐसेलु), गोजीबेरी, ब्लूबेरी जस्ता बेरी प्रजातीका फलफूलहरू पनि मुटुको लागि अत्यन्त लाभदायका फलफूलहरू हुन् । यी फलफूलहरू मुख्यतः एन्थोक्यानीन पाईन्छ । एन्थोक्यानीनलाई मुटुरोग, क्यानसर, उच्चरक्तचाप, रक्तचिल्लोको गडबडी आदिलाई अत्यन्त राम्रो गर्दछ । एन्थोक्यानीन एउटा शक्तिशाली एण्टिअक्सिडेण्ट हो । एण्टिअक्सिडेण्टले प्लाक बन्न नदिएर मुटुलाई स्वस्थ बनाउदछ । बेरीको सेवनले रक्तनलीको भित्री पत्रलाई पनि स्वस्थ बनाउने रक्त नलीको ईन्फ्लामेसन कम गर्ने, कोलेस्टेरोल कमगर्ने  आदि गर्दछ ।

४.ओखरः ओखर पनि मुटुको लागि अत्यन्त स्वस्थकर फल हो । यसमा प्रर्याप्त मात्रामा खाद्य रेशा र सूक्ष्मपोषक तत्वहरू पाईन्छ । मुटुको लागि आवश्यक म्याग्नेसीयम, कपर र म्याग्निज पाईने हुँदा यस धातुलाई विशेष बनाएको छ । दैनिक ओखर खानेहरूलाई मुटु तथा रक्तनलीको रोग हुने सम्भावना अत्यन्त न्यून रहन्छ । यसले खराब कोलेस्टेरोल एलडीएलको रक्त स्तर घटाउन पनि सहयोग गर्दछ ।

५. बदामः बदाम पनि उच्च मात्रामा खाद्यरेशा भएको खाने कुरा हो । यसमा पनि प्रशस्त मात्रामा खाद्य रेशा, प्रोटीन, स्वस्थकर मानोस्याचूरेटेड फ्याट, भिटामिन ई, म्याग्नीज, म्याग्नेसीयम जस्ता मुटुका लागि फाईदाकारक पोषक तत्वहरू प्रशस्त मात्रामा पाईन्छ । यसै गरी म्यगनीसियमले रक्तचाप कमगर्न मद्दत गर्दछ भने उच्च खाद्यरेशाले मधुमेह कम गर्न मद्दत गर्दछ ।

६. गोलभेंडाः गोलभेंडालाई परापूर्वक कालदेखि नै मुटुमैत्री तरकारीको रूपमा चित्रण गरिएको छ । गोलभेंडामा लाईपोकाईन्स नामक शक्तिशाली एण्टिअक्सिडेण्ट पाईन्छ । मुटु तथा रक्तनलीको रोग मुलतः अक्सिडेटिभ स्ट्रेसको कारणले हुने रोग भएकाले गोलभेंडाको सेवन अत्यन्त लाभदायक छ । एउटा अनुशन्धानले दर्शाए अनुरूप रगतमा लाईकोपाईन्सको मात्रा कम भएकाहरूमा हृदयघात र मस्तिष्क घात ज्यादा भएको पाईएको छ । यसै गरि काँचो गोलभेंडाको सेवनले एचडिएल कोलेस्टेरोलको रक्त मात्रा बढाउने तथ्य पनि पत्ता लगाईएको छ ।

७. लसुनः संसारमा विद्यमान धेरै चिकित्सा प्रणालीहरूमा लसुनलाई मुटु मैत्री औषधिका रूपमा प्रयोग गरिदै आएको छ । लसुनमा एलिसिन, भिटामिन सी र क्वारसेटिन लगाएतका एण्टिअस्किडेण्टहरू र म्याग्नीसिएम, सेलिनियम, म्याग्नीज जस्ता एण्टिअक्सिडेण्ट ईन्जाईमकाको फैक्टरहरू पनि पाईन्छ । लसुनको नियमित सेवनले रक्तचाप कम गर्ने, कोलेस्टेरोलको रक्त स्तर ठिक गर्ने, एलडिएल कोलेस्टेरोल कम गर्ने र प्लक बन्ने क्रम रोक्ने गर्दछ।

०८. खरबुजाः खरबूजामा मुटुको लागि अत्यन्त उपयोगी लाईकोपाईन्स नामक एण्टिअक्सिडेण्ट पाईन्छ । यसैगरि रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने सिट्रलिन नामक एमाईनो एसिड पनि पाईन्छ ।

९. आलस/चिया सिड/भाङ्गको बिउः आलस चिया सिड/ भाङ्गको बिउमा प्रशस्त मात्रामा ओमेगा–३ फ्याट्टी एसिड पाईन्छ । ओमेगा –३ का अलाबा यी बीजमा प्रसस्त मात्रामा खाद्यरेशा र अन्य सूक्ष्म एवं ठूला पोषक तत्वहरू पाईन्छ । दैनिक एक चिया चम्चा अर्थात् सात ग्राम खान सिफरिस गरिएको यी बीउहरूको दैनिक एक चम्चाको सेवनले नै धेरै रोगमा राम्रो गर्दछ । यी बीउहरूको दैनिक सेवनले मुटुरोगको जोखिम कम गर्ने, रक्तनलीको ईन्फ्लामेसन कम गर्ने, रक्तचाप घटाउने, कोलेस्टेरोलको गडबडी ठिक गर्ने र बढेको ट्राईग्लिसराईड लेबल घटाउने गर्दछ ।

१०. सिमी/बोडी : सिमीको दानाको दाल वा हरियो सिमीको तरकारी दुबै मुटुको लागि अत्यन्त स्वस्थकर खानेकुरा हुन् । सिमीमा भएको कर्बोहाईड्रेस पनि मुटु मैत्री छ । यसमा विद्यमान खाद्य रेशालाई पेटका ब्याक्टेरियाहरूलाई पोषण प्रदान गर्ने गर्दछ । सिमीको सेवनले एलडिएल कोलेस्टेरोल कम गर्ने, अक्सिडेटिभ स्ट्रेस घटाउने जस्ता कार्य गर्दछ।

११. जैतुनको तेलः ओलीभ आयल वा जैतुनको तेल पनि मुटु मैत्री तेल हो । यसमा प्रशस्त मात्रामा एण्टिअक्सिडेण्टहरू पाईन्छ । यसैगरि जैतुनको तेलमा विद्यमान मानोअनस्याचूरेटेड फ्याट्टी एसिडले मुटुलाई स्वास्थ राख्नका लागि सहयोग गर्दछ । यसैगरि जैतुनको तेलले रक्तचाप कम गर्न पनि मद्दत गर्दछ ।

१२. जडीबुटीको काँढाः गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडीबुटीको काडाको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

१३. प्रोबायोटिक्सयुक्त खाने कुराः हाम्रो शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन् । यी ब्याक्टेरियाहरूको वृद्धि र बर्धन हुँदा हाम्रो शरीरलाई धेरै फाइदै हुन्छ । प्रोबायोटिक्सयुक्त खानेकुराहरु भनेको शरीरमा भएका ब्याक्टेरियाहरु जस्तै ब्याक्टेरियाहरु भएको खाने कुराहरु हो । प्रोबायोटिक्सयुक्त खानेकुराहरु खाँदा हाम्रो पाचनमा सुधार हुने र तौल घट्ने, शरीरलाई आवश्यक थुप्रै तत्वहरू शष्लेशित हुने मुटु एवं रक्तनलीको स्वास्थ्य समेत राम्रो हुने  तथ्य अनुसन्धानहरुले देखाएका छन् ।

१४. सग्लो अनाजः प्राकृतिक गुण धर्म नष्ट नगरिएका, धेरै नकुटिएका, नपिसिएका, अनाजलाई  भनिन्छ । सग्लो अनाजका ब्रान, ईण्डोस्पर्म र जर्मलाई निकालिएको हुदैन । अन्नको यी तीनै अंङ्ग हरू पौष्टिकताको दृष्टिले अत्यन्त महत्वपूण अङ्गहरू हुन । अन्नलाई सग्लो प्रयोग गर्दा यसमा विद्यमान खाद्य रेशा, भिटामिन, खनिज आदिको उच्च मात्रालाई शरीरले उपयोग गर्दछ । सग्लो अनाजको नियमित प्रयोगले हृदयघात र मस्तिष्कघातको जोखिमलाई अत्यन्त न्यून बनाउदछ । सोतो चामलको साटो खैरो चामल, आटा मैदाको साटो दलिया, कोदो, फापर, जौ, ओट्स आदि सग्लो अनाजको नमूना हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ५ : ५५ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ ।

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय