अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपालले सिधै नपाउने « Khabarhub

अमेरिकाले थप साढे ५ करोड खोप वितरण गर्ने, नेपालले सिधै नपाउने


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले थप साढे ५ करोड डोज खोप विभिन्न मुलुकलाई वितरण गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले खोप वितरणको विस्तृत विवरण सोमबार सार्वजनिक गरेको छ ।

अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिने भएको छ । बाँकी २५ प्रतिशत खोप सोझै सम्बन्धित मुलुकलाई दिने तयारी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।

नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा समावेश छैन । दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने तयारी गरेको छ ।

अमेरिकाले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई वितरणको तयारी गरेको हो । अमेरिकाले आफूले प्रयोग नगरेको खोपको केही मात्रा र बाँकी खरिद गरेर विभिन्न मूलुकलाई सहयोग गर्न लागेको हो । खोप धनी मुलुकहरूको मात्रै पहुँचमा पुगेको भन्दै अमेरिका लगायतका कयौँ मुलुकहरूलाई खोपको समान वितरणका लागि चर्को दबाब छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ०१ बजे

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना

चुनावी रन्कोबीच महोत्तरीमा पानीको संकट

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै