झुक्याएर बाख्राको मासु बेचेको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

झुक्याएर बाख्राको मासु बेचेको आरोपमा दुई जना पक्राउ


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- खसीको भन्दै झुक्याएर बाख्राको मासु बेचेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको रौतहट गौर नगरपालिका–३ बस्ने २४ वर्षीय लाल महम्मद र वडा नम्बर १ बस्ने ३० वर्षीय महमम्द नसिव छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वडा नम्बर १ स्थित गौर बजारबाट दुवै जनालाई ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिइएको हो ।

अहिले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : ३० बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार