कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु « Khabarhub

कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ ।

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ ।सो प्रहरी विभागले सोमबार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो शहर अर्वदामा सो हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको बताएको छ ।

ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ ।एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएको थियो । त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ ।

सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो । त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ । के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । रासस/सिन्ह्वा

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०२ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा