कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

कोलोराडोमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ ।

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ ।सो प्रहरी विभागले सोमबार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो शहर अर्वदामा सो हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको बताएको छ ।

ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ ।एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएको थियो । त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ ।

सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो । त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ । के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन । रासस/सिन्ह्वा

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०२ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम