काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका हुन् ।
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, खोटाङमा २, झापामा १७४, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ६, पाँचथर २, भोजपुर १, मोरङमा ७०, संखुवासभामा २, सोलुखुम्बुमा ४, र सुनसरी ९६ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १३, पर्सामा २, बारामा १०, महोत्तरीमा ७, रौतहटमा २, सप्तरीमा ७, सर्लाहीमा ४ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३१० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४५, चितवनमा ९०, दोलखामा ३, धादिङमा ८६, नुवाकोटमा ६७, भक्तपुरमा ६७, मकवानपुरमा ८८, रामेछापमा १, ललितपुरमा ९९, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६५, गोरखामा ३, तनहुँमा ७, नवलपरासी पूर्वमा ४१, पर्वत १५०, म्यागदीमा १४८, लमजुङमा ३, बागलुङमा ६६ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा २, गुल्मीमा ४६, दाङमा २१, नवलपरासीमा ७, पाल्पामा ११, प्युठानमा १, बर्दियाका ४१, बाँकेमा १९ , रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २८ जना छन्।
यस्तै, कर्णाली प्रदेशको जुम्लामा १२, दैलेखमा ९, रुकुम पश्चिम ११, सल्यानमा २ र सुर्खेतमा ४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा २६, डडेल्धुरामा २, डोटीमा ३, बझाङमा १ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया