आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णय, अन्तर्राष्ट्रियस्तरमा ९ रुट खुला | Khabarhub Khabarhub

आन्तरिक हवाई उडान खोल्ने सरकारको निर्णय, अन्तर्राष्ट्रियस्तरमा ९ रुट खुला


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द गरेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्तसहित हवाई उडान खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालनका लागि अनुमति दिइएको छ । यसको तालिका र मिति भने मन्त्रालयले तय गर्ने जनाइएको छ ।

मन्त्रालयले बुधबारसम्म तालिका तय गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको हो ।

अब काठमाडौँ-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौँ-इस्तानबुलमा साताको २, काठमाडौँ-दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौँ दमाम रुटमा साताको २, काठमाडौँ-कुवेतमा साताको दुई, काठमाडौँ-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गर्ने निर्णय भएको छ । यस्तै, काठमाडौँ-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरी सेवा खुला गरिएको छ ।

हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ-दोहा सातामा ४ उडान हुनेछन् ।

हेर्नुहोस् मन्त्रिपरिषको निर्णय :

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : ३४ बजे

आजका समाचार : जेन-जीसँग संवाद गर्न सरकार तयार, १८ कम्पनीको बिजुली काटियो र अमेरिका–चीन व्यापार वार्ता

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको

अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन

काठमाडौं नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तयार पारेको ‘जेनजी

कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं- गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधार

अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’

क्वालालम्पुर- संयुक्त राज्य अमेरिका र चीनबीच शनिबार मलेसियामा भएको व्यापार

‘सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा समस्या भएको छ’

अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारद्वारा विकास बजेट