जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले साउदी प्रवेश पाउने | Khabarhub Khabarhub

जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले साउदी प्रवेश पाउने


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी प्रवेश पाउने जनाएको छ ।

दूतावासका अनुसार खोप लगाएको १४ दिनपछि साउदीमा प्रवेश गर्दा त्यहाँ पुगेपछि संस्थागत क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ । घर बिदामा गएका वा नयाँले आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन दूतावासले अनुरोध गरेको छ ।

खोप लगाउन जाँदा आफ्नो राहदानी र भिसा अनिवार्यरुपमा साथमा लिएर जान समेत दूतावासले अनुरोध गरेका छ । साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति दिएको छ ।

साउदी प्रवेशका लागि त्यहाँ अनुमति प्राप्त खोपमध्ये फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको २ वटै डोज लगाईसकेको वा जोन्सन एण्ड जोन्सनको खोप ( यो खोप १ डोजको मात्रै हुने ) लगाएको १४ दिन कटिसकेको हुनु पर्नेछ ।

फाइजर, अस्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४ दिन कटिसकेको छ वा कोरोना संक्रमण भएर निको भएको ६ महिना कटेको छैन भने प्रवेश पाउने दूतावासले जनाएको छ ।

साउदी सरकारको यो निर्णयसंगै अब विभिन्न समयमा घर बिदा नेपाल गएर खोपका कारण फर्किन नसकेका नेपाली श्रमिकले अब भने सहज रुपमा प्रवेश पाउने छन् ।

यसअघि नेपालमा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध नहुँदा साउदी प्रवेश गर्ने नेपालीले संस्थागत क्वारेन्टिन बापत एक लाख रुपैयाँ भन्दाबढी रकम तिर्दै आएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : ३० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको