खोला तथा नहरमा डुबेर ५ जनाको मृत्यु « Khabarhub

खोला तथा नहरमा डुबेर ५ जनाको मृत्यु


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके, कोहलपुर नगरपालिका-१० चटारस्थित वन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको बुधबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा नेपालगंज उपमहानगरपालिका-११ श्रृष्टिहल नजिक बस्ने १६ वर्षीय अरिब जर्गर, सोही ठाउँ बस्ने १७ वर्षीय अरमान जर्गर र सोही उपमहानरगपालिका-७ सदरलाईन बस्ने १८ वर्षीय रासिद जर्गर छन् ।

सोही खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले खोजी गर्न क्रममा उनीहरुको शव फेला पारेको हो ।

चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित नहरमा डुबेर सोही ठाउँ बस्ने नन्दु जोशीको छोरा १६ वर्षीय अंकित जोशी र सोही ठाउँ बस्ने १४ वर्षीय बिबेक शर्माको बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित खाली चौरमा क्रिकेट खेली नजिकैको नहरमा हात खुट्टा धुने क्रममा बिबेक चिप्लिएर नहरभित्र खसेपश्चात बिवेकलाई बचाउन अंकित जाँदा अंकित समेत डुब्दा दुवै जनाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : ०० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी