जिम्मालकी छोरीमा इन्दिरा र रमेश « Khabarhub

जिम्मालकी छोरीमा इन्दिरा र रमेश


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बाको छोरो’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द र भीमबहादुर श्रेष्ठको संगीत रहेको छ ।

भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्ध थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।

‘नेपालमा जिम्माल बाको छोरी नाममा धेरै गीत बनेका छन् तर छोरोको लागि बनेको देखिएन । मैले छोराहरुको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ’, गीतकार सापकोटाले बताए, ‘यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु’ ।

गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक आचार्यले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  २ : ४० बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता