मेस्सीबिनाको बार्सिलोना एथ्लेटिकसँग बराबरीमा रोकियो « Khabarhub

मेस्सीबिनाको बार्सिलोना एथ्लेटिकसँग बराबरीमा रोकियो


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्ना स्टार खेलाडी लियोनल मेस्सीलाई बिदा गरेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ ।

शनिबार भएको खेलमा बार्सा र एथ्लेटिकले १-१ गोलको बराबरी खेले ।

बिल्बाओको मैदानमा मेम्फिस डिपेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो ।

५०औँ मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५औँ मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ४० बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र