६० भन्दाबढी मुलुकले तालिबानलाई भने- विदेशी नागरिकलाई सुरक्षित प्रस्थान गर्न दिनू « Khabarhub

६० भन्दाबढी मुलुकले तालिबानलाई भने- विदेशी नागरिकलाई सुरक्षित प्रस्थान गर्न दिनू


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- ६० भन्दाबढी मुलुकहरुले संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानसहित अन्य देशका नागरिकहरुलाई सुरक्षित देश छोड्नका लागि सहयोग गर्न तालिबानलाई आग्रह गरेका छन् ।

ती देशहरुले अफगानिस्तान छोड्न चाहने सबैलाई अनुमति दिन आग्रह गरेका हुन् । उनीहरुले विमानस्थल र सीमा नाकाहरु खुला रहनु पर्नेसमेत बताएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया गणतन्त्र, कतार, बेलायतलगायतका देशहरुले एक संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानमा शक्ति र अख्तियारको पदमा रहेकाहरु जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

उनीहरुले सम्मानजनकरुपमा बाँच्न पाउनुपर्ने नागरिकको हकप्रति उत्तरदायित्व, मानव जीवनको रक्षा र सम्पत्तिको सुरक्षाकासँगै नागरिक व्यवस्थाको पुनर्बहाली हुनुपर्ने मागसमेत गरेका छन् ।

अफगान जनता सुरक्षित र सम्मानजनकरुपमा बाँच्न पाउनुपर्छ र यसका लागि अन्तर्राष्ट्रिय समुदाय उनीहरुलाई सहयोग गर्न तयार रहेकोसमेत विज्ञप्तिमा जनाइएको छ ।

तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेपछि विद्रोहीहरुले काबुलको राष्ट्रपति भवनको नियन्त्रण लिएको थियो ।

अमेरिकी नेतृत्वको सेनाहरु गए र पश्चिमी राष्ट्रहरुले सोमबार आफ्ना हजारौं नागरिकहरुलाई बाहिर निकाल्ने प्रयास गरेका छन् ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने अन्य देशहरुमा चिली, कोलम्बिया, कोस्टा रिका, चेक रिपब्लिक, डेनमार्क, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, एस्टोनिया, फिनल्याण्ड, ग्रीस, नेदरल्याण्ड, न्यूजील्याण्ड, स्पेन, स्वीडेन, युक्रेन र यमनका साथै उच्चप्रतिनिधि विदेश मामिला र सुरक्षा नीतिको लागी यूरोपियन संघलगायत रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

स्रोत :  रोयटर्स

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : ४० बजे

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।