तस्वीरमा हेर्नुहोस् रक्षाबन्धन तथा जनैपूर्णिमाको रौनक « Khabarhub

तस्वीरमा हेर्नुहोस् रक्षाबन्धन तथा जनैपूर्णिमाको रौनक


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ ।

यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन छ ।

हेर्नुहोस आज जनैपूर्णिमा तथा रक्षाबन्धनको रौनक

ललितपुरको बङगलामुखी मन्दिर परिसरमा डोरो बाध्दै युवती ।
जनै पूर्णिमाका दिन आइतबार बङगलामुखी मन्दिर परिसरमा भक्तजनलाई डोरो बाध्दै पुरोहित ।
जनै पूर्णिमाका दिन आइतबार बङगलामुखी मन्दिर परिसरमा पुरोहितबाट जनै लगाउँदै युवा ।
जनै पूर्णिमाको दिन वंगलामुखी मन्दिरको मुख्य प्रवेशद्वार कोरोना महामारीको कारण वन्द गरिए पछि भन्तजनहरु मन्दिरको मुख्यद्धारमा ।
जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणलाई धागो बाँध्दै समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्साल ।
जनैपूर्णिमाको अवसरमा ब्राह्मण समाज नेपाल तनहुँले आइतबार दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धन कार्यक्रम
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवक ।
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा रक्षा बन्धन लगाउँदै युवा ।
जनैपूूर्णिमाका अवसरमा आइतबार ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा पण्डितसँग टीका लगाउँदै युवती ।
ललितपुुरको बङगलामुुखी कुुम्भेश्वर महादेव मन्दिर परिसरमा जनै तथा रक्षाबन्धन लगाउनु अघि स्नान गर्दै भक्तजन ।
जनैपूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वमा वैदिक सनातन धर्मावलम्बीले शनिबार दाङको बबई नदीमा स्नान गर्न तयारी हुँदै ।
पाल्पाको अमरनारायण मन्दिरमा जनैपूर्णिमाको अवसरमा मन्दिर परिसरमा बसी हातमा जनै बाँधिदिँदै पुरोहित ।
पाल्पाको तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिरमा देखिएको चहलपहल ।

तस्वीर : रासस

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १ : १६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार