घटना विविध : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु « Khabarhub

घटना विविध : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोलुखुम्बु, सिरहा, बारा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको  छ ।

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपलिका-५ स्थित सडकमा बा.५४ प ७७२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ खाली बस्ने ३० वर्षीय सुमन राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिरहा- धनगढीमाई नगरपालिका-७ स्कुल चोकस्थित सडकमा स.१० प ४२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हाल नाम, थर, वतन नखुलेका अन्दाजी १८ बर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा- जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियास्थित सडकमा प्र.२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा.६५ प २७५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेहरुमा बा.६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने ४० बर्षीय टुलुराज तामाङ, प्र.२-०३-००२ प ५३३५ नम्बरको मोटरसाइकल चालक बारा निजगढ नगरपालिका-९ बस्ने १६ बर्षीय विकाश शाह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैना देबी शाह रहेका छन् ।

खोटाङ- केपिलासगढी गाउँपालिका-५ भुताप्सुस्थित सडकबाट ना.५ त. ६६०१ नम्बरको ट्याक्टर करिब १ सय ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा सह-चालक सोही ठाउँ बस्ने १९  उमेश राईलाई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ५ : ४४ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न