देउवाले मन्त्री नियुक्त गरेलगत्तै पौडेलले बोलाए छुट्टै बैठक « Khabarhub

देउवाले मन्त्री नियुक्त गरेलगत्तै पौडेलले बोलाए छुट्टै बैठक


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ मन्त्री थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहको छुट्टै बैठक बोलाएको छ ।

प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष छलफलमा जुट्ने भएको हो । त्यसका लागि पौडेल पक्षले दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बोलाएको छ ।

पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउन देउवाले ३ बजे पदाधिकारी बैठक बोलाएपछि २ घण्टा अघि पौडेल पक्षको बैठक बस्न लागेको हो । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र उमेश श्रेष्ठ मन्त्री भइसकेका छन् ।

देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : २४ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले