नेपाली सेनाका अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन « Khabarhub

नेपाली सेनाका अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत सि.सं. ३ का ५० जना अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको भ्रमणका क्रममा उनीहरुले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गरेका हुन् ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे ।

नेपाल प्रहरी सम्बन्धी विविध विषयमा तालिमरत अधिकृतहरूले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताए । उनले आगामी दिनहरुमा समेत सकारात्मक कार्यहरु सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदान प्रदान हुने उनले उल्लेख गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ३० बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा