नेपाली सेनाका अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन « Khabarhub

नेपाली सेनाका अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत सि.सं. ३ का ५० जना अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको भ्रमणका क्रममा उनीहरुले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र सङ्ग्राहलय समेतको अवलोकन गरेका हुन् ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी संगठनको इतिहास एवम् कार्य प्रकृति सम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे ।

नेपाल प्रहरी सम्बन्धी विविध विषयमा तालिमरत अधिकृतहरूले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सवै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताए । उनले आगामी दिनहरुमा समेत सकारात्मक कार्यहरु सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदान प्रदान हुने उनले उल्लेख गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ३० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन