प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने « Khabarhub

प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो (बिहीबार) सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका छन् ।

बिहीबार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

काठमाडौंबाट कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत पुगेको प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले आफ्नो गृह प्रदेशमै धेरै समय बिताएका हुन्। उनी त्यही क्षेत्रमा नै बास बसेका थिए। भ्रमण तालिका हेर्दा उनको प्राथमिकतामा कर्णाली प्रदेश परेको देखिएन ।

त्यस क्षेत्रको निरीक्षण सकेर देउवा नेतृत्वको टोली आजै दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ। टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : १५ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज