काठमाडौँ– आज हामीले देखेको युरोप सुन्दर, शान्त र विकसित महादेश जहाँ मानव अधिकारको पूर्ण रक्षित रहेको मानिन्छ, न्यायको शासन हुन्छ र मान्छेको जीवन नै सबैभन्दा मूल्यवान् हुन्छ भन्ने मानिन्छ ।
हो, आज हामीलाई यस्तो लागे पनि त्यही युरोपले इतिहासको कालखण्डमा थुप्रै त्रासदीको सामना गरेको छ, नरसंहार भोगेको छ । यिनैमध्येको बिर्सनै नसकिने पेरिस नरसंहारकी एउटी साक्षी हुन् होसिन हकिम ।
अल्जेरियन युद्धको समयमा भएको १९६१ अक्टोबर १७ को त्यो घटनामा सयौँ जना मारिएका थिए । अल्जेरिया र फ्रान्सबीच भएको सात वर्ष लामो युद्धको समाप्तिको माग गर्दै ३० हजार अल्जेरियालीले पेरिसमा शान्तिपूर्वक प्रदर्शन गरेका थिए । त्यहाँ प्रदर्शन गरिरहेकाहरूलाई प्रहरीले आक्रमण गर्दै सेन नदीमा फ्याँकेको थियो ।
आजभन्दा ६० वर्षअघि त्यो घटना हुँदा हकिम १८ वर्षकी थिइन् । तिनै हकिमले हालसालै ‘ल ह्युमिनटी’ पत्रिकामा समयको त्यो त्रासदीको बारेमा बोलेकी थिइन् । त्यसै पत्रिकामा उनले आफ्नो भावना अभिव्यक्त गरेकी छन् ।
इतिहासका सोधकर्ताहरूका अनुसार उक्त घटनामा प्रहरी र सुरक्षा निकायका व्यक्तिहरूको मात्र भूमिका थिएन, माथिल्लो ओहोदाको शासकहरूको पनि थियो । धेरै व्यक्ति फ्रान्सेली नागरिक हुनुका बाबजुद नजरबन्दमा समेत राखिएका थिए । धेरै व्यक्ति समातेर अल्जेरिया पठाइएका थिए ।
सो घटनामा लगभग १४ हजार जना गिरफ्तार भएका थिए । यीमध्ये हकिम एक जना थिइन् । फ्रान्सले सञ्चारमा सेन्सरसिप गरेको थियो । कतिसम्म भने तीन जनाको मात्र ज्यान गएको भन्ने भ्रामक समाचार फ्रान्सेली पत्रिकामा भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त उक्त घटनामा चासो नै दिएनन् ।
पर्सिएन अर्काइबमा क्युरेटर रहेका एक व्यक्ति सबै प्रमाण नष्ट नभएका कारण हत्या हुनेको सङ्ख्या पत्ता लगाउन सकिने बताउँछन् । ‘त्यहाँ लासै लास थियो । बन्दुक लागेर मान्छे रक्ताम्मे भएर ढलेका थिए । थुप्रैका शरीरमा गोली लागेको प्रस्ट देखिन्थ्यो,’ त्यो नरसंहारको बारे उनको भनाइ छ ।
सेन नदीको किनारमा एउटा तस्बिर छ । त्यो तस्बिरमा लेखिएको छ, ‘यो हामी अल्जेरियलीलाई डुबाउनका लागि हो ।’ फ्रान्सेली इतिहासकार राइसपुट्टीको एक पुस्तकका शोधकर्ता जिन उक लिन्याउडुले प्रत्यक्षदर्शीको बयान जम्मा गर्ने काम पनि गरेका छन् ।
कति जना मरे भन्ने पक्का नभए पनि १७ अक्टोबरको त्यो दिन तीन सय जनासम्म मारिएको अनुमान इतिहासकारहरूले गरेका छन् । तीमध्ये ११० वटा शव सेन नदीको किनारमा देखिएका थिए । कतिपय मानिस मारेर नदीमा फ्याँकिएका थिए । कतिपय व्यक्ति चिसो पानीमा कठ्याङ्ग्रिएर मरेका थिए ।
यसरी मर्नेहरूमा सबैभन्दा कम उमेरकी फातीमा बेदा थिइन्, १५ अक्टोबरको दिन एउटा नहरमा उनको शव फेला परेको थियो ।
नस्लवाद विरोधीहरूका लागि उक्त घटना सधैँ घृणाको विषय भइरह्यो ।
लेखक विलियम गार्डनर स्मिथले सन् १९६३ मा आफ्नो उपन्यास ‘स्टोन फेस’ मा यसबारे प्रशस्त कुरा लेखेका थिए । उनले यसलाई अरब विरोधी नस्लवादको चरम सीमाको संज्ञा दिएका छन् ।
साठी वर्षपछि फ्रान्सेली राज्य पक्षले यो घटना स्वीकार गरेको छ तथापि राज्यपक्ष अझै कति जना मरेका थिए भन्ने बारेमा कुनै कुरा उल्लेख गर्न चाहेको छैन । सत्ता पक्ष त उक्त घटना गुपचुप गर्नमै व्यस्त रह्यो । उक्त समयमा विपक्षमा रहेको वामपन्थी दल पनि घटनाको विरुद्धमा देखिएन ।
राइसपुट्टी यसलाई नस्लवादी सिकार नै भन्न चाहन्छन् । सडकमा अल्जेरियाई जस्तो देखिने जोसुकैमाथि पनि आक्रमण भएको थियो । पेरिसमा अल्जेरियाली विरुद्धको यो अभियानलाई ‘रैटननेड’ संज्ञा दिइएको थियो ।
अल्जेरियालाई मुसाको संज्ञा दिँदै उनीहरूले खोजी खोजी उनीहरूमाथि आक्रमण गर्ने सङ्केत गरेका थिए ।
अक्टोबर १७ पछि पनि प्रहरीले अल्जेरियालीको खोजतलास जारी नै राखेको थियो । अल्जेरियाली र मोरक्कोका मान्छेको शारीरिक हुलिया उस्तै हुने भएकाले मोरक्कोका मान्छेले ढोकैमा ‘मोरक्को’ लेखेर टाँसेका थिए ।
बीसौँ शताब्दीसम्म युद्ध र नरसंहारका कारण ज्यान गुमाउनेको शृङ्खला धेरै भए पनि अहिले यसमा कमी आएको छ । परन्तु, बीसौँ शताब्दीको अन्त्यसम्म यस्ता डरलाग्दा नरसंहारको घटना भइरहे ।
इतिहासका सोधकर्ताहरूका अनुसार उक्त घटनामा प्रहरी र सुरक्षा निकायका व्यक्तिहरूको मात्र भूमिका थिएन, माथिल्लो ओहोदाको शासकहरूको पनि थियो । धेरै व्यक्ति फ्रान्सेली नागरिक हुनुका बाबजुद नजरबन्दमा समेत राखिएका थिए । धेरै व्यक्ति समातेर अल्जेरिया पठाइएका थिए ।
सन् १९६२ मा राष्ट्रपति र्चाल्स डी गाँलले युद्ध सकिएको घोषणा गर्दै अल्जेरियाली नेसनल लिबरेसन फ्रन्टसँग वार्ता गरे । पाँच महिनामा युद्ध सकियो र सोही वर्ष अल्जेरिया स्वतन्त्र पनि भयो ।
विवाद समाधान हुनुअघि भयङ्कर तनावग्रस्त रहेको समयमा सन् १९६१ को ५ अक्टोबरको दिन पेरिस प्रशासनले अल्जेरियाका जो कोहीलाई साँझको आठ बजेदेखि बिहान साढे पाँच बजेसम्म घर छाड्न प्रतिबन्ध लगाएको थियो ।
यसको विरुद्धमा अल्जेरियालीहरूले प्रदर्शन गर्न थाले । उनीहरूलाई शान्त राख्ने चाहने पेरिस प्रशासनलाई यसले क्षुब्ध तुल्यायो । बिस्तारै यसको प्रतिफलका रूपमा त्यो नरसंहारको घटना भएको थियो ।
घटनामा यतिमा सीमित रहेन । अल्जेरियालीमाथि भएको घटनामा चुपचाप बसेका त्यहाँको वामपन्थी दलले एक वर्ष नपुग्दै अर्को झट्का सहेको थियो । सन् १९६२ फेब्रुअरी ८ मा उक्त प्रशासनले अर्को नरसंहारको घटना गराएको थियो ।
क्रेनो नरसंहारको रूपमा इतिहासले सम्झनले उक्त घटनामा मजदुर सङ्गठनका नौ जनाको ज्यान गयो । हत्या भएका धेरै जसो कम्युनिस्ट पार्टीका सदस्य थिए ।
अक्टोबर १७ को घटना लुकाउने प्रशासनका शीर्ष व्यक्ति उक्त समयमा पनि थिए । यिनीहरूको प्रयासमा बाबजुद १३ फेब्रुअरीका दिन अन्त्येष्टि कार्यक्रम भएको थियो । चर्चित फ्रान्सेली इतिहासकार एलेन डिओर्पेकी आमा फेनी डिओर्पेको पनि सोही घटनामा मृत्यु भएको थियो । त्यहाँ हजारौँको सङ्ख्यामा मानिसहरू उपस्थिति थिए ।
सन् १९६१ को उक्त घटनाको प्रभाव लामो समय रहेन । धेरैले यसको तुस बिर्सन थाले । त्यही नरसंहार सहने एक परिवारका सदस्य थिए जिने दान जिदान ।
सन् १९५३ मा अल्जेरियाबाट फ्रान्स आइपुगेका मुस्लिम दम्पती स्मायल र मालीका जिदानका छोरा जिने दान जिदान हुन् । सन् २००४ को विश्वकपको समयमा फ्रान्सको प्रतिद्वन्द्वी अल्जेरिया तय भएको थियो । उक्त समयमा जिदानले आफ्नो धारणा सार्वजनिक रूपमा राखेका थिए ।
आफू धार्मिक अभ्यास नगरी रहेको मुस्लिम नै भएको तथा यसले खेललाई प्रभाव नपार्ने बताएका थिए । यसै गरी करिम बेन्जामा र सामिर नास्रीले आफ्नो पुर्खामाथि भएको अमानवीय यातना बारम्बार सम्झन नहुने बताइसकेका छन् । सन् २००० मा लार्बी बर्नबडाउडले जुडो खेलेर फ्रान्सलाई पदक पनि दिलाए ।
इतिहासका यी अनेकन घटनामध्येको पेरिस संहारको ६० वर्ष पुगेको छ र धेरैले यसलाई सम्झेका छन् । अहिलेको सुन्दर र शान्त पेरिसको इतिहासमा कालो दाग देखिन छाड्ने छैन ।
यसै गरी, यिनै अल्जेरियाली मूलका धेरै यस्ता व्यक्ति देखिए जसले फ्रान्सको साख सधैँ माथि राखे । इसाबेल अड्जानी, डेनी बुन, जाम्रेल डी बाउजे, गाड एमिला र निकोलास काजाजे जस्ता अल्जेरियाली मूलका एक से एक फ्रान्सेलीले फ्रान्सको सान उच्च राखे ।
साङ्गीतिक क्षेत्रमा रहेका एमेल बेन्ट जस्ता ख्याति प्राप्त व्यक्तित्व पनि अल्जेरियाली मूलबाट फ्रान्सले पाएको थियो । नस्लीय सोचबाट मुक्त भएपछि नै फ्रान्सले एक से एक व्यक्ति पाएको थियो ।
इतिहासका अधिक दिन शासकको धेरै जनाको शासक बन्ने लहडमा थुप्रैले ज्यान गुमाए । यसका लागि शासकहरूको जात, धर्म र देशको नाममा मान्छेलाई भिडाइ रहे । यिनैको आडमा नरसंहार पनि भयो ।
बीसौँ शताब्दीसम्म युद्ध र नरसंहारका कारण ज्यान गुमाउनेको शृङ्खला धेरै भए पनि अहिले यसमा कमी आएको छ । परन्तु, बीसौँ शताब्दीको अन्त्यसम्म यस्ता डरलाग्दा नरसंहारको घटना भइरहे ।
सन् १९९२ देखि १९९५ सम्म मुस्लिम, सर्व र क्रोसियनहरू एक आपसमा लडाइ गर्दा करिब एक लाख जनाको ज्यान गएको थियो, २२ लाख जना घरबार विहीन भएका थिए ।
इतिहासका यी अनेकन घटनामध्येको पेरिस संहारको ६० वर्ष पुगेको छ र धेरैले यसलाई सम्झेका छन् । अहिलेको सुन्दर र शान्त पेरिसको इतिहासमा कालो दाग देखिन छाड्ने छैन । –एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया