विकास मेराग्लिया भन्छन् : नेपालको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक छु « Khabarhub

विकास मेराग्लिया भन्छन् : नेपालको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक छु


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली राष्ट्र इटालीको १६ वर्षको राष्ट्रिय टोलीबाट खेलिसकेका विकास मेराग्लियाले नेपाल राष्ट्रिय टोलीबाट खेल्ने अवसर आएमा स्वीकार्य रहेको बताएका छन् । उनले आफ्ना लागि यो खुसीको कुरा हुने पनि बताए ।

बिहीबार शहिद स्मारक ए डिभिजन क्लब च्यासल युथले गरेको पत्रकार सम्मेलनमा बोल्दै १८ वर्षीय विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर आए खुसी हुने बताए । यस्तै उनले अहिले नै यो निर्णय गर्न हतार हुने र यहाँको वातावरण हेरेर निर्णय लिने बताएका छन् ।

‘यस्तो अवसर पाए खुसी छु । अहिले नेपाल आएर यही गर्छु भने निर्णय गरेको छैन । अहिले क्लबमा ध्यान केन्द्रित गर्छु । बाँकी यहाँको वातावरण हेरेर निर्णय लिन्छु’, विकासले भने ।

१३ वर्षअघि नेपालबाट इटाली पुगेका विकासले इटालीको यू–१६ टोलीबाट खेलिसकेका छन । यस्तै विकासले हालै इटाली सिरी ए क्लब एटलान्टाको जुनियर टोलीसँगको सम्झौता सकाएका छन् । यसअघि विकासले भेनेजियाको युवा टोली तथा काटोलिया र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् ।

च्यासलले विकासलाई एक वर्षको लागि सम्झौता गरेको छ । च्यासलमा रहँदा विकासले १० नम्बरको जर्सी लगाउनेछन् । च्यासलसँग अनुबन्ध भएपछि पत्रकारमाझ खुलेर बोलेका विकासले नेपाल आउन पाएकोमा खुसी लागेको र नेपाल आफ्नो सपना भएको बताए ।

‘मैले १३ वर्षअघि नेपाल छोडेको थिएँ । मेरो सपना नेपाल हुन्थ्यो । नेपाल कसरी जाने भन्ने थियो’, अट्याकर तथा लेफ्ट विंगर विकासले भने । विकासले इटालीको भन्दा नेपालमा गर्मी भएको र नेपालमा आउँदा आफूले ‘फ्री’ महसुस गरेको बताए ।

‘इटालीबाट नेपालको उडान लामो भयो । नेपाल झर्दा म ‘फ्री’ भएको जस्तो भएँ । मौसम इटालीभन्दा गर्मी छ । सबैलाई धन्यवाद दिन चाहन्छु’, विकास भन्छन् ।

च्यासल मैदानमा भएको पत्रकार सम्मेलनपछि विकासले केही समय आफ्नो खेल कौशल पनि देखाएका थिए ।

शुक्रबार विकास र च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यञ्जनकारले सम्झौतापत्रका हस्ताक्षर गरे । विकासले च्यासलसँग विदेशी खेलाडीको कोटामा सम्झौता गरेका हुन् ।

सम्झौतापछि बोल्दै ब्यञ्जनकारले विकासलाई दुई वर्षअघि नै टोलीमा झिकाउने प्रयास गरे पनि अहिले सफल भएको बताए । ‘हामीले दुई वर्षअघिबाट विकासलाई ‘फलो’ गरेका थियौँ । यो वर्ष ल्याएका छौँ । एक वर्षको सम्झौता भएको छ’, अध्यक्ष ब्यञ्जनकारले भने ।

यसअघि क्लबले राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई अनुबन्धन गरेको थियो । यस्तै राष्ट्रिय टोलीका सदस्य कमल श्रेष्ठलाई समेत अनुबन्धन गरेको छ ।

हालै च्यासलले टोलीको टेक्निकल डाइरेक्टरको रूपमा ले मन्सनलाई भित्र्याएको छ । उनले फिलिपिन्सको यू–२३ टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । यस्तै हालै टोलीले नेपाल यू–२३ टोलीका सदस्य राजिव लोप्चानलाई एपीएफबाट भित्र्याउँदा टोलीसँग अभिषेक लिम्बूसमेत रहनेछन् ।

च्यासलले यस पटक आफ्नो अनुमानित बजेट दुई करोड हुने बताएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ०० बजे

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा