साढे छ लाख मूल्यको अवैध काठ बरामद « Khabarhub

साढे छ लाख मूल्यको अवैध काठ बरामद


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीमा साढे छ लाख मूल्य बराबरको अवैध काठ प्रहरीले बरामद गरेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कंचन गाउँपालिकाबाट प्रहरीले अवैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका १ खुनगाईमा सोही नगरपालिका १० बस्ने २७ वर्षीय जितेन्द्र यादवले लु१त १२६१ नम्बरको ट्याक्टरमा चार लाख रुपैयाँ बराबरका १५ गोलिया काठ अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, प्रहरी चौकी व्यहोरी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कंचन गाउँपालिका १ कुत्तागाउँस्थित लु६१प ९४९७ नम्बरको मोटरसाइकलमा लोड गरेको सालको काठको गोलिया एक थान र खाली जमिनमा रहेका तीन गोलिया गरी ३८.७२ क्युबिक फिट काठ बरामद गरेको जनाएको छ । उक्त काठको मूल्य दुई लाख ४५ हजार रुपैयाा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायि उपरीक्षक सत्यनारायण थापाले बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट बरामद भएको काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भैरहवा पठाइएको र कंचन गाउँपालिकाबाट बरामद भएको काठ कंचन सबडिभिजन कार्यालय फायरलाइन पठाइएको उनले जानकारी दिए ।

प्रहरीले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा काठको ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीलाई गस्तीमा पठाइएको र गस्तीका क्रममा काठ बरामद भएको थापाले बताए । न्यूजकारखाना

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका