विराटनगर महानगरले बाढीपीडित ५० हजार राहत दिने | Khabarhub Khabarhub

विराटनगर महानगरले बाढीपीडित ५० हजार राहत दिने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– गएको कात्तिक १ र २ गते परेको अविरल बर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाभित्र तीनजनाको मृत्यु भएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिँदै मृतकका परिवारलाई तत्काल राहत स्वरुप रु ५० हजार उपलव्ध गराउने निर्णय गरिएको बताए ।

उनले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले सङ्कलन गरिरहेको जानकारी दिए। बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकार समक्ष माग गरिने प्रमुख पराजुलीले बताए ।

वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेको महानगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिए । प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म दुई हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित भएको उनले बताए । विराटनगर–१ मा सबैभन्दा बढी ६०० घर परिवार डुबानमा परेका छन् । रासस

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १० : १६ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।