आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपात हुने « Khabarhub

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपात हुने

प्रदेश १ मा वर्षाको सम्भावना


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार प्रदेश १ , बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको को सम्भावना छ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : १५ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६