प्रधानन्यायाधीशले तोके १३ इजलासमा ४५४ मुद्दा « Khabarhub

प्रधानन्यायाधीशले तोके १३ इजलासमा ४५४ मुद्दा


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पेसी तोकेका छन् ।

उनले आज १२ संयुक्त र एउटा एकल इजलासमा गरी ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

अदालनतकाअनुसार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलास बस्नेछ ।

झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले अहिले आन्दोलनमा देशव्यापी बनाएको छ । आज सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ५३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही