प्रधानन्यायाधीशको अधिकार कटौती, गोलाप्रथाले वैधानिकता पायो (नियमावलीसहित) « Khabarhub

प्रधानन्यायाधीशको अधिकार कटौती, गोलाप्रथाले वैधानिकता पायो (नियमावलीसहित)


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत नियमावली २०७४ दोस्रो संशोधन राजपत्रमा प्रकाशित भएको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै सर्वोच्च अदालतका प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको छ ।

मुद्दाको पेशी प्रधानन्यायाधीशले आफ्नो तजविजीमा तोक्दै आएकोमा अब गोलाप्रथाबाट पेशी सूचीकरण हुने भएको छ ।

यही मंसिर २ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको फुलकोर्ट बैठकले प्रधान्यायाधीशको अधिकार कटौती गर्ने गरी नियमावली संशोधन गरेको थियो । सो संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुने भएको हो । अब सबै अदालतमा गोलाप्रथाबाट पेशी तोकिने छ ।

न्यायालय सुदृढीकरणको बाधक प्रधान्यायाधीश राणा भएको भन्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका छन् भने नेपाल बार एसोसिएसनले राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । आन्दोलनकैबीचमा फुलकोर्टको बैठक बसेर प्रधानन्यायाधीशको अधिकार कटौती गर्नेगरी नियामवली संशोधनको निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : १६ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको